logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागवानीमा रुख ढल्दा लालबन्दी क्षेत्रको बिजुली अवरुद्ध


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ०४ कत्तिक – बागवानी जंगलमा रुख ढलेर तार चुुडिँदा लालबन्दी क्षेत्रमा रातिदेखि नै बिजुली अवरुद्ध छ ।

गएराति पानीसँगै हावाहुरी चलेर बागवानी लच्का नजिक रुख ढल्दा बिजुलीको तारमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले जानकारी दिए । उनका अनुसार लालबन्दी, पत्थरकोट, परवानिपुर, रानिगन्ज, घारिबथानलगायत क्षेत्रको बिजुली अहिले अवरुद्ध छ ।

बत्ती नहुँदा बिजुलीबाट हुने काम ठप्प भएको छ ।

ढलेको रुख हटाएर बिजुली सूचारु गराउन बिहान ६ बजेदेखि नै प्राविधिकहरु बागवानी पुगेर काम गरिरहेका प्र्राधिकरणको लालबन्दी कार्यालयका प्रमुख यादवले उज्यालो अभियानसँग बताए । उनले बत्ती सूचारु हुन अझै केही समय लाग्ने जनाए ।