मलंगवा, ०३ कात्तिक – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को सर्लाही जिल्ला कार्य समिति विस्तार गरिएको छ ।
जिल्ला अध्यक्ष रामप्रसाद राय यादवले जिल्ला कार्य समिति विस्तार गरेर ४१ सदस्यीय बनाइएको उल्लेख गरेका छन् । समितिमा कौडेना निवासी रामप्रसाद राय अध्यक्ष, ईश्वरपुर निवासी नागेश्वर महतो वरिष्ठ उपाध्यक्ष, हरिपूर्वा निवासी वीरेन्द्र यादव, कविलासीका राजकुमार यादव, गोडैताका नागेश्वर राय यादव, कौडेनाका लक्ष्मण राय, रामनगरमा मनोहर बैठा, बरहथवाकी प्रेमशिला सिंह, चन्द्रनगरकी विजया सिंहसहित ७ जना उपाध्यक्ष रहेका छन् ।
यस्तै सचिवमा बरहथवाका मिथलेश यादव, सह–सचिवमा पर्साका अनिलकुमार यादव, गोडैताका केशव कुमार, विष्णुका हिमांशु सिंह, गोडैताका विजय प्रसाद यादव, रामनगरमा नवल मिश्र, बसबरियाका अनिलकुमार यादव र कोषाध्यक्षमा गोडैताका विनेशकुमार दास रहेका लोसपा सर्लाहीले जनाएको छ ।
जिल्ला अध्यक्ष रायले निकालेको सूचनामा यो प्र्रथम चरणको जिल्ला कार्य समिति विस्तार भनी जानकारी दिए ।