हरिपुर, ०३ कात्तिक – नेत्रहिन संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।
आज हरिपुरस्थित महावीर जनता माध्यमिक विद्यालयमा सम्पन्न संघको पाँचौं साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनबाट चन्देश्वर महतो अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा ९ सदस्यीय नयाँ कार्य समिति चुनिएको हो । संघको उपाध्यक्षमा मिथिलेस कुमार महतो, सचिवमा श्रीराम राय, कोषाध्यक्षमा इन्दिरा राई, सह–सचिवमा सोहनकुमार साह, खुल्ला सदस्यमा शिवेन्द्र यादव र वीरबहादुर थोकर, महिला सदस्यमा खुश्बु कुमारी राउत र इच्छा बस्नेत रहेका छन् ।
नेत्रहिन संघका केन्द्रीय महासचिव कलाधर भण्डारीको प्रमुख आतिथयतामा संघको सर्लाही जिल्ला कार्य समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । संघमा जिल्लाभरका करिव ८० जना नेत्रहिन व्यक्ति सामेल छन् ।