मलंगवा, ३० असोज – सदरमुकाम मलंगवामा आज ६९ औँ प्रहरी दिवस मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा कार्यालयकै प्राङ्गणमा प्रहरी दिवस मनाइएको हो । सर्लाहीका प्रहरी प्रमुख (एसपी) रवीन्द्र बहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र विशिष्ठ अतिथि तथा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले प्रहरी दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत, दिवगंत प्रहरीका परिवारलाई सम्मान, मातहतका प्रहरी कार्यालयहरुलाई जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान र अमर प्रहरीको शालिकमा माल्यार्पणलगायतका कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरको शुभकामना सन्देश बाचन गरेर सुनाएका कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयकै प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरिता मचामसीले गरेकी थिईन ।