logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिहान–बेलुका डम्म हुस्सु, गर्मी कम भई चिसो बढ्दै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २९ असोज – सर्लाहीमा विस्तारै चिसो बढ्न थालेको छ ।

दिउँसोपख घाम लागेर गर्मी नै रहीरहे पनि बिहान र राति भने चिसो बढ्दै जान थालेको हो । यहाँ आज बिहानैबाट डम्म भएर हुस्सु कुहिरो लागेको छ ।

बिहान छपक्कै भएर शीत झर्ने गर्छ । रातको समयमा चिसो हावा बहने गरेको छ । यो वर्ष असोज पहिलो हप्तासम्म नै असाध्य चर्को गर्मी खेपेका जिल्लावासीलाई अहिले भने गर्मी धेरै हदसम्म कम भएसँगै राहत मिलेको छ । तर गर्मी कम भई चिसो पस्दै जाँदा मानिसमा मौसमपरिवर्तनजन्य स्वास्थ्य समस्या बढ्न थालेको छ ।

ज्वरो, खोकी, घाँटी दुख्नेजस्ता मौसम फेरिँदा देखिने स्वास्थ्य समस्या बढेको हो । विशेष गरी स–साना बालबालिका र वृद्धवृद्धा धेरै बिरामी पर्न थालेका छन् ।

चिकित्सकले यस्तो बेला शुद्ध पिउने पानी पिउन, सकभर तताएको पानी खान र स्वस्थकर खानेकुरा मात्रै खान सुझाव दिएका छन् ।

चाडबाडको समयमा एक ठाउँबाट अर्को ठाउँमा गएर बस्दा पानी फरक पर्ने र दिनचर्या फरक ढंगले बिताउँदा स्वास्थ्यमा समस्या बढ्ने चिकित्सकले बताएका छन् ।