देउराली, २२ असोज – दशैँका लागि आज सर्लाहीका विभिन्न स्थानमा स्थानीयले गाउँटोलको सडक सरसफाई गरेका छन् ।
लालबन्दी नगपालिका १५ देउरालीमा स्थानीय भएर देउरालीदेखि सिद्धेश्वर महादेव मन्दिरसम्मको सडक सरसफाई गरेको स्थानीय शंकर बुढाथोकीले जानकारी दिए । गाउँले सबै मिलेर सडकको दायाँबायाँका झ्याडी, बुट्यान फाँडेका हन् ।
त्यस्तै सारा गाउँले मिलेर हरिपुर नगरपालिका १ हजारबिघा बस्नेत टोलमा पनि आज बिहान सडक सरसफाई गरेका छन् । चाडपर्वलाई लक्षित गरी करिव एक किलोमिटर गाउँको भित्री सडक सरसफाई गरिएको हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए।
त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीको आयोजनामा आज बिहान जनप्रतिनिधिसहित अन्य सरोकारवालाको सहभागितामा लालबन्दी ७ स्थित डुमडुमे मन्दिर परिसरमा सरसफाई गरिएको लालबन्दी प्रहरी प्रमुख (इन्स्पेक्टर) सुजन पाठकले बताए ।