logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अर्पण सहयोग कार्यक्रमका सरोकारवालासँग अन्तरक्रिया


  • उज्यालो अभियान

हरिपुर, २२ असोज – सर्लाहीको हरिपुरमा आज अर्पण सहयोग कार्यक्रमबारे सरोकारवालासँग अन्तरक्रिया गरी राय, सुझाव लिइएको छ ।

हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलेपमेन्ट यू.एस.ए. नेपालको आर्थिक सहयोगमा स्थानीय समाज विकास केन्द्र हरिपुर १ हजारबिघाले हरिपुर, मलंगवा, चक्रघट्टा, पर्सा, ईश्वरपुर, कौडेनालगायतको पालिकामा अर्पण सहयोग कार्यक्रम संचालन गर्दै आइरहेको छ । सो कार्यक्रम गर्दा बुवा गुमाईसकेका १०० जना बालबालिकालाई शिक्षा, स्वास्थ्य र खाद्यान्नको लागि संस्थाले सहयोग गर्दै आइरहेको छ ।

त्यसरी सहयोग गर्ने गरिएको १०० जना बालबालिका विभिन्न बाईस वटा विद्यालयमा अध्ययनरत छन् । ति विद्यालयका प्रधानाध्यापक तथा फोकलपर्सन शिक्षकलाई हरिपुरस्थित नेपाल रेडक्रस सोसाइटी हरिपुरको सभाहलमा उपस्थिति गराई कार्यक्रमबारे अन्तरक्रिया गरिएको हो ।

संस्थाले १०० जना अर्पण बालबालिकालाई वर्षमा ४ पटक खाद्यान्न सहयोग गर्ने, दुई पटकमा गरी वर्षमा ११ हजार नगद दिने, वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरिदिने, चाडपर्वमा चाडबाड मनाउने खर्च दिने, ब्याग, शैक्षिक सामग्री, छातालगायतका सहयोग गर्ने गरिरहेको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

यो सहयोग ति बालबालिका कक्षा १२ सम्म अध्ययन गरुन्जेल हुने छ । सहभागी शिक्षकहरुले संस्थाको यो सहयोगबाट अर्पण अर्थात् बुवा गुमाएका बालबालिकाको शिक्षादिक्षामा ठूलो टेवा पुगिरहेको भन्दै सहयोगलाई निरन्तरता दिन र जिल्लाका २० वटै पालिकामा कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् ।

आयोजक संस्थाकी अध्यक्ष विमला अन्सारीको अध्यक्षता तथा हरिपुर नगरापलिका १ का वडाध्यक्ष नानीबाबु थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिपुर नगपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर रायको विशिष्ठ आतिथ्यता रहेको थियो ।