logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा केही दिनदेखिको मौसम निरन्तर धाम्मधुम्म


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन, २१ असोज – डेढ साताअघिको घनघोर वर्षापछि सर्लाहीको मौसम राम्रोसँग उघ्रिन सकेको छैन् ।

दिनभरजसो नै मौसम धाम्मधुम्म भएर बित्ने गरेको छ । भारी वर्षा भएयता गर्मी पनि धेरै हदसम्म कम भएको छ । बेलाबेलामा चर्को घाम लागेपनि एकैछिनमा मौसम धाम्मधुम्म हुने गरेको छ ।

बादल लागेर धुम्मिने गरेपनि पानी भने परेको छैन् । रातको समयमा विस्तारै चिसो पस्न थालेको छ । यहाँ आज पनि मौसम बिहानैदेखि धुम्म छ ।

यस भेगका किसान मौसम सफा भई उघ्रिने आशमा बसेका छन् । धान बाली पाक्न थालिसकेको छ । केही ठाउँमा पाकिसकेको धान काटेर थन्काउने काम पनि भइरहेको छ । धेरै किसानले अब दशैँ माने लगत्तै धान भित्र्याउने तयारी गरेका छन् ।

पानीले साथ दिँदा यो वर्ष धान बाली राम्रै फलेपनि पसाउने र पाक्ने बेलामा फौजीलगायत अन्य रोग किराको प्रकोप धेरै नै देखिएको छ । मकै, कोदो लगायतका बालीमा पनि फौजी किरा लागेको छ ।

यो वर्ष किसानले भारी वर्षाका कारण तरकारी बालीमा पनि व्यापक क्षति बेहोरिरहेका छन् ।

बजारमा तरकारीको भाउ बढ्दा किसानलाई केही राहत मिलेपनि गरिव तथा विपन्न बर्गका उपभोक्ता मारमा परेका छन् ।