बयलवास, २१ असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा आज वीपी पुस्तकालय स्थापना गरिएको छ ।
ईश्वरपुर नगरपालिका र केशर पुस्तकालय काठमाडौंको सहकार्यमा बयलवासस्थित साबिक नगरपालिका कार्यालयको भवनमा पुस्तकालय स्थापना गरिएको हो । आज औपचारिक उद्घाटन गरिएको पुस्तकालयको संचालन भने छठपछि हुने बताइएको छ ।
पुस्तकालयको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको अध्यक्षता तथा केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवको प्रमुख आतिथ्यतामा पुस्तकालयको औपचारिक उद्घाटन गरिएको हो ।
कार्यक्रममा विशेश्वर प्रसाद कोइरालाका समकालिन नेता बाशुदेवशरण कोइराला, उपमेयर रन्जितादेवी चौधरी, ईश्वरपुर ६ का वडाध्यक्ष महम्मद रहमन अन्सारी, विभिन्न पार्टीका नगरप्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलगायत सहभागी भएका थिए ।