logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डाबरी बजारमा दुर्गा पूजा मेला


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/उज्यालो अभियान

हरिवन, १८ असोज – हरिवन नगरपालिका–३, डाबरी बजारमा दुर्गा पूजा मेला लगाइएको छ ।

यस स्थानमा तीन दसक भन्दा बढी समयदेखि बिजया दशमीको अवसरमा हरेक वर्ष दुर्गा पूजा मेला आयोजना गरिँदै आएको स्थानीयले बताएका छन् । घटस्थापनाको दिनदेखि सुरु भएको दुर्गा पूजा मेलामा दैनिक धार्मिक अनुष्ठान गरिने आयोजकले जनाएको छ ।

मेलाकै अवसरमा नवमी र दशमीको दिन आर्केष्ट्रा र स्थानीय तथा राष्ट्रिय कलाकारबाट साँस्कृतिक प्रस्तुति रहने मेला समितिका अध्यक्ष इश्वरमान लोप्चनले जानकारी दिए । उनका अनुसार मेला सम्पन्न गर्न झण्डै ६ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

हरिवन ३ को वडा कार्यालयले एक लाख रुपैयाँ प्रदान गरेको छ भने बाँकी रकम नगरपालिका, व्यक्ति तथा संघसंस्थाबाट सहयोगस्वरुप उठाइने मेला समितिका अध्यक्ष लोप्चनले बताए । उनले परम्परा जोगाउने उद्देश्यसहित दुर्गा पूजा मेला आयोजना गरिएको बताए ।