लालबन्दी, १७ असोज – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सर्लाहीको आयोजनामा हिजो लालबन्दीमा सामुदायिक वन अधिकार र वन सुशासनका सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण सामुदायिक वनमा महासंघका जिल्ला अध्यक्ष सीताराम पोखरेलको अध्यक्षमा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा विभिन्न सामुदायिक वनका पदाधिकारी सहभागी भई वन संरक्षण, कार्ययोजना, काठ बिक्रीको अवस्था, ढले लडेर गइरहेका काठको अवस्था र अन्य समस्याबारे गुनासो राखेका छन् ।
सहभागीले राखेको समस्या समाधानका लागि पहल गर्ने सामुदायिक वनका अभियन्ता पार्वती विश्वकर्मा, महासंघका जिल्ला अध्यक्ष पोखरेललगायतले प्रतिवद्धता व्यक्त गरे ।
अन्तरक्रियाको अन्त्यमा डिभिजन वन प्रमुख सन्तोष झा समेत सहभागी भई सामुदायिक वनका समस्या समाधान गर्न आफूले पहल गर्ने वचन दिएका छन् ।