तस्बिर : दीपक साशंकर ।
लालबन्दी, १७ असोज – लालबन्दी नगरपालिका १२ अत्रौली निवासी समाजसेवी उमेश थोकरले लालबन्दी ११ को वडा कार्यालयलाई खेलकुद सामग्री सहयोग गरेका छन् ।
उनले आज लालबन्दी ११ का वडाध्यक्ष दीपक कुमार लामालाई जर्सी, फुटबल, ग्लोब्स र नेट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लालबन्दी १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेलगायतको उपस्थिति रहेको थियो ।
फुटबल खेलको विकासका लागि आफूले लालबन्दीको १७ वटै वडामा खेलकुद सामग्री प्रदान गर्ने लक्ष्य लिएको थोकरले बताए ।