logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा जसपाको पार्टी कार्यालय स्थापना


  • उज्यालो अभियान

मलंगवा, १७ असोज – सदरमुकाम मलंगवामा हिजो अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को पार्टी कार्यालय स्थापना गरिएको छ ।

पार्टी कार्यालयको जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादवले उद्घाटन गरेका हुन् ।

पार्टीको बैठक र अन्य गतिविधि संचालनका लागि तत्काल भाडाको घरमा पार्टी कार्यालय स्थापना गरिएको जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले जानकारी दिए ।