लालबन्दी, १६ असोज – वीरगन्जको कृषि औजार कारखाना किताब बेचेकै पैसाले चलाउने महान उदेश्य बोकेर हिँडेका महावीर पुनले आज दिनभर लालबन्दी क्षेत्रमा आफ्नो पुस्तक बेचेका छन् ।
बिहानैदेखि लालबन्दी बजारमा पुस्तक बेच्न सुरु गरेका उनको जीवन संघर्षमा आधारित पुस्तक सांसद, मेयर, अन्य जनप्रतिनिधि, सर्वसाधारण, कर्मचारी, कार्यालय र संघसंस्थाले खरिद गरेर सहयोग गरेका छन् ।
यसअघि उनले हिजो दिनभर हरिवन बजारमा यसैगरी पुस्तक बिक्री गरेका थिए ।