फाइल तस्बिर ।
बरहथवा, १३ असोज – सर्लाहीको बागमती नगरपालिका–९, सक्रौल टोलमा खोलाले बगाएर बेपत्ता किशोरको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।
हिजो दिउँसो सोती खोलाले बगाएर सोही स्थानका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो बेपत्ता छन् । खोलाले बगाएर बेपत्ता किशोरको स्थानीय र प्रहरी भएर रातिसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न सकेन ।
आज पुनः बिहान ५ बजेदेखि खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए । मानसिक सन्तुलन ठीक नरहेका मुकेश बाढी आइरहेका बेला यताउता हिँडिरहँदा उनलाई बाढीले बगाएको हो ।