logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मानव सेवाश्रममा लायन्स क्लबको निःशुल्क स्वास्थ्य शिविर


  • उज्यालो अभियान

हरिवन, १२ असोज – लायन्स क्लब अफ लालबन्दी सिटीले हिजो हरिवनस्थित मानवसेवाश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

आश्रममा आश्रय दिएर राखिएका व्यक्तिहरुलाई क्लबले निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधि समेत वितरण गरेको हो । आँखाको चेकजाँचसहित अन्य रोगको निःशुल्क उपचार गरी समस्या अनुसार औषधि र चश्मा आवश्यक परेकालाई औषधि, चश्मा दुवै वितरण गरिएको लायन्स क्बल अफ लालबन्दी सिटीका अध्यक्ष दीपक थापाले बताए ।

शिविर संचालनका लागि क्लबका पदाधिकारी तथा पूर्व पदाधिकारी चिकित्सकसहित आज हरिवन नगरपालिका १ कैलाशपुरीस्थित मानव सेवाश्रममा पुगेका थिए ।