logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसबरिया र बलरामा बाढी पस्यो, गाउँलेलाई सुरक्षित स्थानमा सारिँदै


  • उज्यालो अभियान

बलरा-१ छन्किटाेला

बसबरिया, १२ असोज – बागमती नदीको बाढीले सर्लाहीको तल्लो तटिय क्षेत्रमा क्षति गर्न सुरु गरेको छ ।

बागमतीले बाँध भत्काएर गाउँमा बाढी पसेपछि बसबरिया १ र २ का वासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष रामसिंहासन राय यादवले जानकारी दिए ।

बलरा नगरपालिका–१ छन्कीटोला र बलरा २ हथियौलमा ५० भन्दा बढी घर बागमतीको बाढीले डुबानमा परेका मेयर रामाशंकर कुशवाहाले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाढी पसेको स्थान तथा पस्न सक्ने स्थानमा राति पुनः समस्या नहोस भनी स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।

जिल्लामा आज दिउँसोबाट पानी पर्न भने रोक्किसकेको छ ।