बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)
काठमाडाैं, १२ असाेज – दुई दिनदेखिको अविरल वर्षाले कुलेखानी जलाशय भरिएपछि एउटा ढोका खोलिएको विद्युत प्राधिकरणले जनाएको छ ।
एउटा ढोका खोल्दा पनि पानीको सतह १५३१.०६ मिटर नै रहेकाले केहीबेरमा अर्को ढोका खोलिने प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार रातभरि पूर्ण क्षमतामा तीन वटै विद्युतगृह सञ्चालनमा ल्याइएको थियो ।
तीनवटै प्लान्ट चलाउँदा पनि पानी भरिएकाले शुक्रबार साँझ नै सीमखोला र चखेलबाट आउने स्रोत डाइभर्ट गरिएको थियो । तै पनि एक घन्टामा ३० देखि ४० सेन्टिमिटरको दरले बढेपछि ढोका खोलिएको हो ।
पानीको निकास सिस्नेरी हुँदै बागमतीमा मिसिने हुनाले सतर्कता अपनाउन प्राधिकरणले बताएको छ ।
पानी खाेलेकाे हेर्न याे लिंकमा क्लिक गर्नाेस
https://www.facebook.com/share/v/7mFfSCUqMf9Phs1d/?mibextid=oFDknk
(सेताेेपाटीबाट)