मलंगवा, १२ असोज – सदरमुकाम मलंगवामा हिजो राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा काम गरिरहेको संस्थाले सरोकारवालालाई भेला पारेर सोसियल अडिट गराएको हो । संस्थाकी अध्यक्ष गायत्रीदेवी महतोको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह, बलरा, पर्सा, ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष, जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा इकाइ, पालिकाहरुको विभिन्न शाखाका प्रमुखलगायतको उपस्थितिमा सामाजिक लेखा परीक्षण गरिएको संस्थाका कार्यकारी निर्देशक शिवजीप्र्रसाद साहले जानकारी दिए ।
कार्यक्रममा संस्थाले एक वर्षभित्र गरेका गतिविधि र खर्च गरेको बजेटका विषयमा सरोकारवालालाई अवगत गराएको छ । संस्थाले जिल्लाका बलरा, हरिपूर्वा, गोडैता पर्सा, ब्रम्हपुरी र चन्द्रनगर गरी ६ पालिकामा काम गर्दै आइरहेको कार्यकारी निर्देशक साहले बताए ।