हरिवन, ११ असोज – हरिवनमा आज दिउँसो टिपरले किचेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राजमार्गको हरिवन ११ स्थित चिनी मिल अगाडि टिपरले किच्दा मोटरसाइकल चालक हरिवन ७ का ४२ दीपक अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर किशोर तामाङले पुष्टी गरे ।
घटनाको थप विवरण आउन बाँकी नै छ ।