logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगलमा यात्रुु बस पल्टिँदा पाँच यात्रु सामान्य घाइते (अपडेट)


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

फूलजोर, ११ असोज – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा आज बिहान बस पल्टिँदा पाँच यात्रु सामान्य घाइते भएका छन् ।

काठमाडौँबाट धरानका लागि छुटेको प्रदेश १–०२–००१ ख ९७३७ नम्वरको बस आफै अनियन्त्रित भइ बाँके जङ्गलस्थित बाँके खोलाको पुल र सङ्ग्रामपुरतर्फ जाने चोकको बिचमा पल्टिएको हो । दुर्घटनामा पाँच जना यात्रु सामान्य घाइते भएका र उनीहरु बस समितिका मानिससँग समन्वय गरी आफूूलाई पायक पर्ने स्थानमा उपचारका लागि पुुगेका इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

इन्स्पेक्टर जोशीले अर्को गाडीलाई साइडदिनेक्रममा बस अनियन्त्रित भएर सडकभन्दा तल खसेको बताए । बस सामान्य गतिमै रहेकाले ठूलो मानवीय क्षति टरेको प्रहरीले जनाएको छ ।

बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

बाँके जङ्गलमै पर्ने अमुवा पुलमा गएराति गोलभेँडा लोड भएको एउटा गाडी पल्टिए पनि सो दुुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।