logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा यातायात सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, ०६ असाेज – यातायात व्यवस्था कार्यालय मलंगवाकाे आयाेजना तथा मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयकाे सहयाेगमा शनिबार दिउँसाे सदरमुकाम मलंगवा स्थित सुजाता हाेटलकाे सभाहलमा सवारी तथा यातायात व्यवस्था विधेयक २०८१ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र प्रसाद पौडेलको अध्यक्षता एवं मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यता रहेकाे अन्तर्क्रियामा जिल्ला समन्वय समितिका प्रमुख काैशल किशाेर सिंह, प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अधिकारी, नेपाल प्रहरीका उपरीक्षक रविन्द्र बहादुर सिंह, सश्स्त्र प्रहरीका उपरीक्षक विनाेदराज खनाल, प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख राकेश कुमार यादव सहित ८ वटै जिल्लाका यातायात व्यवस्था कार्यालय प्रमुखहरु, ट्राफिक प्रहरी मधेश प्रदेश राजमार्ग व्यवस्थापन कार्यालय पथ्लैयाका प्रतिनिधी, ८ वटै जिल्लाका यातायात व्यवसायी सम्बद्ध संघ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरु, संचारकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे । केही दिनअघि मात्र प्रदेश सभाबाट पारित भएकाे यातायात व्यवस्था विधेयकबारे सराेकारवाला पक्षहरुलाई जानकारी गराउन तथा थप सल्लाह सुझाव संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयाेजना गरिएकाे मन्त्री यादवले जानकारी दिए । कार्यक्रममा सहभागिबाट अत्यन्त गहन सुझावहरु आएकाे र भावि दिनमा नियमावली, निर्देशिका, मापदण्ड लगायत निर्माण गर्दा यथाशक्य समेटिने मन्त्री यादवकाे प्रतिवद्धता थियाे ।

छाेटाे समयकाे तयारीमा समेत प्रभावकारी ढंगकाे कार्यक्रम आयाेजना गरेकाे भन्दै मन्त्रालयका सचिब पाैडेलले यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख सहित कर्मचारीकाे खुलेर प्रशंसा गर्दै कार्यक्रममा उठेका सवालहरुलाई यथाशक्य सम्बाेधन गर्दै नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरे ।