लालबन्दी, ०३ असोज – सामुदायिक रेडियो एकता ९२.४ मेघाहर्ज सञ्चालन गर्ने सामुुदायिक संचार एकता सहकारी संस्था लिमिटेड लालवन्दीको १५औँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गोविन्द बहादुर महतको अध्यक्षता एवं मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा विहिबार दिउँसो साधारण सभा सम्पन्न गरिएको रेडियोका प्रबन्धक प्रकाश मैनालीले जानकारी दिए । लालबन्दी नगरपालिका-५ मेजरगंज स्थित रेडियोको आफ्नै भवनमा आयोजित साधारण सभा उद्घाटन समारोहमा मधेश प्रदेश सरकारकी पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य बेची लुंगेली, रेडियोका संस्थापक अध्यक्ष बेनी बहादुर कार्की, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाको अवसरमा रेडियोकी उत्कृष्ट कर्मचारीको रुपमा नगद २५ सय रुपैंया सहित प्रशंसा पत्र सहित अम्बिका घिमिरेलाई पुरस्कृत गरिएको प्रबन्धक मैनालीले जानकारी दिए । त्यस्तै रेडियो संचालनमा टेवा पुुर्याउने उद्धेश्यले नौ लाख रुपैंया बराबरको शेयर खरिद गर्ने शेयर सदस्यहरुलाई प्रमाणपत्र तथा अतिथिहरुलाई मायाको चिनो स्वरुप रेडियोको कप प्रदान गरिएको थियो ।
प्रबन्धक मैनालीले संचालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष देविबन्धु थापाले स्वागत मन्तव्य राखेका थिए । जमिन खरिद एवं आफ्नै भवन निर्माण सहित रेडियोलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष वेनी वहादुर कार्की सहित संस्थापकहरु विनोद कुमार थापा, कुवेर आचार्य, बेचुु प्रसाद तिमल्सिनालाई कदर पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री रायले रेडियोको उत्थानका लागि आफुुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आफुु संस्थापक शेयर सदस्य समेत रहेकाले रेडियोको उत्थानमा कुनै कमी हुन नदिने मन्त्री रायको प्रतिबद्धता थियो । कार्यक्रमका अध्यक्ष महतले रेडियाेलाई यहाँसम्म ल्याईपुर्याउन महत्वपूर्ण याेगदान गर्ने नेतृत्वकर्ताप्रति हार्दिक आभार प्रकट गरे । साथै साधारणसभामा गरिमामय उपस्थित भई कार्यक्रम सफल बनाउने सम्पूर्ण शेयर सदस्यहरुलाई अध्यक्ष महतले धन्यवाद ज्ञापन गरेका छन् । संस्थाकाे कार्यसमितिले पेश गरेकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक लेखापरीक्षण साधारणसभाले पारित गरेकाे छ ।
२०६७ सालबाट सञ्चालनमा आएको यस रेडियोबाट प्रशारण हुने बिहान ८ बजे तथा साँझ साँढे ६ बजेको स्थानीय समाचार हाल सर्लाहीको बरहथवा स्थित बरहथवा एफएम र तुफान एफएम, गोडैता स्थित रेडियो बन्धन र मलंगवा स्थित वर्षा एफएमबाट समेत अपलिंक मार्फत बज्ने गरेको छ ।