हरिपुर, २९ भदौ – सर्लाहीको हरिपुर नगरपालिकाभित्र बुवा गुमाएका (अर्पण) बालबालिकालाई विभिन्न किसिमका विपद् र त्यसबाट बच्ने उपायबारे तालिम दिइएको छ ।
हेल्पिङ ह्याण्डको सहयोगमा स्थानीय समाज विकास केन्द्र हजारबिघाले रेडक्रस हरिपुरको सभाहलमा बालबालिकालाई तालिम दिएको हो । नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकसँग समन्वय गरी त्यहाँका विपद् सम्वन्धी हेर्ने अधिकृतलाई बोलाएर आगलागी, सर्पदंश, बाढी, पहिलो जस्ता विपद् र यसबाट बच्ने उपायका सम्वन्धमा तालिम दिइएको संस्थाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।
तालिममा बुबा गुमाएका पच्चिस जना बालबालिका सहभागी थिए । आयोजक संस्थाकी कोषाध्यक्ष रेवती कुमारी न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव सार्थक खत्रीले गर्नुभएको थियो ।