logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमती युवा क्लबलाई लामा र बम्जनले गरे एक/एक लाख सहयोग


  • उज्यालो अभियान

क्लबलाई एक/एक लाख सहयोग गरेका उमेश लामा बल (बायाँ) र गोपाल बहादुर बम्जन ।

बागमती, २९ भदौ – एन्फा महिला लिग फुटबल प्रतियोगिता खेलिरहेको सर्लाहीको बागमती युवा क्लबलाई दुई लाख रुपियाँ सहयोग प्राप्त भएको छ ।

जिल्लाका महिला खेलाडीलाई बस्न, खानकै समस्या परेपछि सर्लाही नै घर भई काठमाडौंमा बस्दै आएका उमेश लामा बल र गोपाल बहादुर बम्जनले जनही एक÷एक लाख रुपियाँ सहयोग प्रदान गरेका हुन् । सर्लाहीको लालबन्दी नगरपालिका–१६ निवासी लामा र बागमती नगरपालिका–१ निवासी बम्जनको सहयोगले क्लबलाई ठूलो राहत मिलेको भन्दै बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले खुसी व्यक्त गरे ।

मैनालीले एक महिनाअघि देखि नै अभ्यासका लागि काठमाडौंमा राखिएका खेलाडीलाई क्लब एक्लैले बस्ने, खाने प्रवन्ध मिलाउनुपर्दा गाह्रो परेको बताए ।

मधेश प्रदेशकै प्रतिनिधित्व गरेर महिला लिग खेलिरहेको क्लबलाई प्रदेश सरकार तथा अन्य कुनै पनि निकायबाट केही सहयोग नमिलेको क्लबका अध्यक्ष मैनालीले गुनासो गरेका हुन् ।

१० वटा टिम सहभागी एन्फा महिला लिगमा बागमती युवा क्लब अहिले आठौं स्थानमा रहेको छ । क्लबले अब भोली चन्द्रपुर नगरपालिका रौतहटसँग खेलेर तालिकामा आफ्नो स्थान सुधार गर्ने योजना बनाएको अध्यक्ष मैनालीले जानकारी दिए ।

एन्फा महिला लिग खेलिरहेको बागमती युवा क्लबको टिम ।