परवानिपुर, २८ भदौ – लालबन्दी नगरपालिका–१६, परवानीपुर तिनघरेमा आज डेगुं संक्रमण नियन्त्रण अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको छ ।
वडा कार्यालय र स्वास्थ्य चौकी परवानिपुरको आयोजनामा डेगुं गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा सरसफाई अभियान संचालन गरिएको हो । सो अभियानमा वडाध्यक्ष गणेशबहादुर थापा, वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेविका, माध्यमिक विद्यालय तिनघरेका शिक्षक, विद्यार्थीलगायत सहभागी भएका थिए ।
‘लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने प्रमुख उपाय हो’ भन्ने मूल नारासहित डेंगुबारे सचेतना जगाउने काम गरिएको स्वास्थ्य चौकी परवानिपुरले जनाएको छ ।