logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पोखरीमा डुबेर वृद्धाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बयलवास, २७ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, सुकनाहामा पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।

सोही ठाउँका पल्टु साहकी श्रीमती ६० वर्षीया सुमित्रा साहको घर नजिकै सोकनाहा पोखरीमा डुबेर मृत्यु भएको हो । छोरीको घर जान्छु भनी हिजो बेलुका घरबाट निस्किएकी सुमित्रा आज दिउँसो पोखरीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।