बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)
मलंगवा, २७ भदौ – आर्थिक वर्ष २०८१/८२ सुरु भएको दुुई महिना भइसक्दा समेत सर्लाहीका स्थानीय तहहरुको अझै खाता सञ्चालन हुन सकेको छैन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार जिल्लाका २० पालिकामध्ये मङ्गलबारसम्म कुनै पनि पालिकाले खाता सञ्चालनका लागि विवरण बुुझाएका छैनन् । कोलेनिकामा खाता नखुुलेसम्म पालिकारुको बजेट सञ्चालन हुुँदैन् ।
सर्लाहीका प्रमुख कोष नियन्त्रक पुुष्पप्रसाद गुुरागाईंले जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये कुनै पनि पालिकाको खाता नखुुलेको जानकारी दिए । उनले पालिकाहरुलाई बेलैमा अघिल्लो आर्थिक वर्षको हरहिसाब बुुझाएर खाता सञ्चालनको बाटो अपनाउन ताकेता गर्दा बेवास्ता गरिरहेका बताए ।
कोलेनिकामा पालिकाको खाता खोल्दा चालू आर्थिक वर्षको बजेट पारितसहितको विवरण, अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, कोलेनिकाबाट निकासा भएर गएको रकम खर्च भएको विवरण, खर्च हुन नसकेको ससर्त अनुदानको रकम फिर्ता गरिएको विवरण जस्ता कागजात पेश गर्नुपर्ने व्यवस्था छ । प्रायः पालिकाहरुले असोज लागेपछि मात्रै कोलेनिकामा खाता खोल्ने तयारी गरेका छन् ।
दशैँको मुखमा आएर खाता खोल्नेदेखि तलब, भत्ता निकासा, उखुको अनुदान वितरण जस्ता काम एकैपटक गर्नुपर्दा असाध्य समस्या हुने प्रमुख कोष नियन्त्रक गुुरागाईंले बताउनुुभएको छ । भदौ बित्नै लाग्दा यो वर्ष जिल्लाको ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट नै पारित गर्न सकेका छैनन् ।
असारमै सर्वसम्मत बजेट पारित गरेका पालिकाको समेत असोज लागेपछि मात्रै खाता सञ्चालन हुने देखिन्छ । अघिल्ला वर्षहरुमा बजेट पारित गर्न निकै तनाव हुने हरिपूर्वा र चन्द्रनगर गाउँपालिकाले यो वर्ष असारमै बजेट ल्याइसकेका छन् ।
बागमती नगरपालिकामा नगरप्रमुख र उप्रमुख निलम्बनमा पर्दा बजेट ल्याउन समस्या परेको छ भने ईश्वरपुर र हरिवन नगरपालिकामा नगरप्रमुख र वडाध्यक्षबिच बजेट बाँडफाँडमा कुरा मिल्न सकेको छैन् । विष्णु गाउँपालिकाले भने आगामी असोज पहिलो साता गाउँसभा गरेर बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिव सापकोटाले बताए ।