logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा नेपाल खेलकुद महासंघको नगर समिति गठन


  • उज्यालो अभियान

धरहरा, २६ भदौ – सर्लाहीको बागमती नगरपालिकामा आज नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको नगर समिति गठन गरिएको छ ।
बागमती ३ धरहरामा सम्पन्न भेलाबाट वीरबहादुर सिङतान अध्यक्ष रहने गरी खेलकुद महासंघको ९ सदस्यीय बागमती नगर समिति चयन गरिएको हो । समितमा मुकेशकुमार सिङतान उपाध्यक्ष, गुणराज सिग्देल सचिव, अमृत राई उपसचिव, फत्तेबहादु गोले कोषाध्यक्षलगायत अन्य सदस्य रहेका छन् ।
भेलामा प्रभुनारायण शिवाकोटी, रीता मैनाली, विभा नेपाल, देवराज चौलागाईं, रमेश चौलागाईं लगायत एमाले नेताहरुको उपस्थिति रहेको थियो ।