logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शान्तपूर्वक मूर्ति विर्सजन


  • उज्यालो अभियान

मलंगवा, २५ भदौ – सर्लाहीमा गणेश पूजाको मूर्ति शान्तपूर्वक रुपमा विर्सजन गरिएको छ ।

गएको शनिबार गणेश चतुुर्थीको अवसर पारेर स्थापना गरिएको गणेश पूजाको मूर्ति हिजो विर्सजन गरिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभर गएसाँझसम्म सबैतिरको मूर्ति बिर्सजन भइसकेको जनाएको छ ।

गणेश पूजालाई लक्षित गरी प्रहरीले विशेष गरी सदरमुकाम मलङ्गवामा सुरक्षा व्यवस्था चुस्त पारेको थियो । गणेश पूजा गरिएको स्थलमा तीन दिनसम्म सुरक्षा पहरा दिएका प्रहरीलाई हिजो नजिकैको जलाशयमा मूर्ति विर्सजन गर्न लैजाँदा पनि सँगसँगै खटाइयो ।

सर्लाही प्रहरीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले मलङ्गवासहित सबै ठाउँमा विवादरहीत ढङ्गले मूर्ति सेलाउने काम भइसकेको बताए । गणेश चतुुर्थीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा आयोजित मेला, महोत्सव पनि गएरातिबाट टुंगिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

सदरमुकाम मलङ्गवामा विभिन्न चाडपर्वमा निकालिने ¥याली, कलशयात्रा, नगर परिक्रमा तथा पूजास्थलमा प्रहरीले सुरक्षा पहरा दिइरहनुपर्ने बाध्यता छ ।