logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

विपी जयन्तिका अवसरमा आश्रमलाई खाद्यान्न प्रदान


  • उज्यालो अभियान

जुटपानी, २५ भदौ – १११ औँ विपी जयन्तिका अवसरमा हिजो सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न वितरण गरिएको छ ।

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ को आयोजनामा आश्रमलाई खाद्यान्न प्रदान गर्दै त्यहाँ आश्रीत वृद्धवृद्धालाई मिष्ठान्न भोजन समेत गराइएको हो । आश्रममा आश्रय दिएर राखिएका वृद्धवृद्धासँग आर्शिवाद ग्रहण गर्दै आश्रममा पुगेर विपी जयन्ति मनाइएको नेपाली कांग्रेस महासमिति सदस्य योगराज देवकोटाले जानकारी दिए ।

कांग्रेसका क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीको अध्यक्षता तथा पूर्व पार्टी जिल्ला सभापति बासुदेवशरण कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कांग्रेस सर्लाहीका नेता एवं पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व पार्टी जिल्ला सभापति सत्यदेवसिंह दनुवार, महासमिति सदस्य देवकोटालगायतले वर्तमान समयमा विपी कोइरालाको मार्ग आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।