फाइल तस्बीर ।
मलंगवा, २५ भदौ – सर्लाहीको गोडैता नगरपालिकास्थित बगदह नजिक आज बिहान बिजुलीको पोल ढलेपछि गडहीया वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बिजुली अवरुद्ध भएको छ ।
मलंगवा–गडहीया ३३ केभी लाइनको पोल ढल्दा गडहीया सवस्टेशनबाट आपूर्ति हुने बलरा नगरपालिका, गोडैता नगरपालिका, रामनगर गाउँपालिका र विष्णु गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको हो । ढलेको बिजुलीको पोल उठाएर विद्युत् सूचारु गर्न प्राविधिक परिचालन भइसकेका नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले जनाएको छ ।
टन्टलापुर घाम लागेर अत्यधिक गर्मी भइरहेका बेला बिजुली बत्ती अवरुद्ध भएपछि स्थानीय वासिन्दा मारमा परेका छन् ।