प्रतिकात्मक तस्बीर ।
बयलवास, २४ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, हरकठवामा आगोले जलेर एक जना गम्भीर घाइते भएका छन् ।
चुुरोटको ठुुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन् । शरीरको कम्मरमाथिको ६० प्रतिसत भाग जलेर घाइते महतोको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनायो ।
गएराति महतो आफैले कोठाभित्र चुरोट पिएर फाल्दा नजिकै पानीको बोतलमा राखिएको पेट्रोलमा परेर आगलागी भएको हो । तत्कालै घरका मानिसले शरीरमा पानी खन्याएर महतोको उद्धार गरेका छन् ।
प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।