logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कार्यालय सहयोगी चौधरीलाई उत्कृष्ट कर्मचारी पुरस्कार


  • उज्यालो अभियान

मलंगवा, २४ भदौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय सहयोगी रामविश्वास चौधरीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ ।

निजामती सेवा दिवस, २०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीको आर्थिक वर्ष २०८०÷८१ को उत्कृष्ट कर्मचारीका रुपमा छनौट भएका कार्यालय सहयोगी चौधरीलाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो । चौधरीलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले पाँच हजार नगद तथा कदरपत्र प्रदान गरी सम्मान गरेका छन् ।

कर्मचारीको मनोबल बढाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले यस वर्षबाट कार्यालयका उत्कृष्ट एक जना कर्मचारीलाई सम्मान गर्ने कार्यको सुरुवात गरेको हो ।