logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मधुु सामुदायिक वनको अध्यक्षमा सोमबहादुर मोक्तान निर्वाचित


  • उज्यालो अभियान

लालबन्दी, २३ भदौ – लालबन्दी नगरपालिका ६ मा रहेको मधुु सामुदायिक वनको अध्यक्षमा सोमबहादुर मोक्तान निर्वाचित भएका छन् ।

हिजो सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी श्याम घिसिङलाई ७६ मतले पराजित गर्दै मोक्तान वनको अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा गणेशबहादुर गुरागाई, सचिवमा लालबहादुर तामाङ, कोषाध्यक्षमा रन्जना काफ्ले, सहसचिवमा निर्मला राउत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा विदुर दाहाल, कमल कार्की र मीना विक निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

वनको नयाँ नेतृत्व चयन गर्न हिजो बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

मतदानमा वडाभित्रका वनको ३६४ उपभोक्तामध्ये २८१ जना सहभागी भएर मतदान गरेका निर्वाचन समितिका संयोजक भरत दाहालले जानकारी दिए ।

उनका अनुसार गएसाँझ नै मतगणना समेत सकेर अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।