logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बजेट ल्याउन चौतर्फी दबाब, वडाध्यक्ष र कार्यपालिका सदस्यले बुुझाए मेयरलाई पत्र


  • उज्यालो अभियान

हरिवन, २३ भदौ – सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यले आज मेयर रमेश बुुढाथोकी (कमल) लाई ध्यानाकर्षण पत्र बुुझाएका छन् ।

तत्काल कार्यपालिकाको बैठक बोलाएर बजेट ल्याउन माग गर्दै मेयर बुढाथोकीलाई दोस्रो पटक ध्यानाकर्षण पत्र बुुझाइएको हरिवन २ का वडाध्यक्ष अर्जुुन कुुमार योन्जनले जानकारी दिए । वडाध्यक्षहरुले यसअघि गएको असार १९ गते नै समयमै बजेट ल्याउन माग गर्दै मेयर बुुढाथोकीलाई पत्र बुुझाएका थिए ।

वडाध्यक्ष र कार्यपालिका सदस्यले दोस्रो पटक बुुझाएको ध्यानाकर्षण पत्रमा समयमै बजेट नआएको र हरिवनको समृद्धिसँग जोडिएका व्यवसायिक भवन, आन्तरिक राजस्व लगायतका विषय माथि व्यापक रुपमा बढ्दै गएको जनगुुनासो प्रति कार्यपालिकाका जनप्रतिनिधि संवेदनशील हुुँदा हुुँदै पनि कार्यपालिका बैठक नबोलाउने, ठोस निर्णय नदिने र दीर्घकालिन योजना बेगर नगरपालिकाको अन्य गतिविधि संचालन गर्ने लगायत मेयर बुढाथोकीको अकर्माण्यताको कारण नगरपालिका अनिर्णयको बन्दी बन्दै गएको भन्दै दुःख व्यक्त गरिएको छ ।

समयमै बजेट ल्याउन नसक्दा नगरपालिकाको कार्य सम्पादन मूल्यांकनमा नकारात्मक असर पर्ने, विकास निर्माणमा प्रभाव पर्ने, ज्येष्ठ नागरिकसहित सामाजिक सुरक्षा भक्ता समयमै नपाउने, तलबहरु रोकिने जस्ता समस्या पर्ने भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले चिन्ता व्यक्त गरेका छन् । आफूहरु समयमा बजेट ल्याउन प्रयासरत् रहे पनि मेयर बुढाथोकीले नगर कार्यपालिकाको बैठक बोलाउन नै आलटाल गर्ने गरेको वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको आरोप छ ।

मेयरलाई बुुझाइएको ध्यानाकर्षण पत्रमा सात दिनभित्र समस्या समाधानका निम्ती निर्णायक भूूमिका खेल्न अनुुरोध गर्दै अन्यथा पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत मेयर, उपमेयरले चढ्ने गाडी नियन्त्रणमा लिई पालिकामा बुुझाउने चेतावनी दिइएको छ । हरिवनका क्रियाशील ६ राजनीतिक दलले हिजो मात्रै बैठक बसेर तत्काल बजेट ल्याउन नगरपालिकासँग माग गरेका थिए ।

हरिवनमा गत वर्ष पनि दशैँको मुखमा अर्थात् असोजमा मात्रै बजेट पारित भएको थियो ।

याे पनि पढ्नाेस्

तुुरुन्त बजेट ल्याउन हरिवन नगरपालिकालाई नगरभित्र क्रियाशील ६ राजनीतिक दलको माग