logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लगातार पानी परिरहँदा गोलभेँडाको बेर्ना नष्ट


  • उज्यालो अभियान

डाबरी, २२ भदौ – केही दिनदेखिको झरीले सर्लाहीका किसानले भर्खरै सारेको गोलभेँडाको बेर्ना नष्ट गरेको छ ।

जिल्लाको उत्तरी भेगका किसानको प्रमुख आम्दानीको स्रोत गोलभेँडा खेतीमा आकाशे वर्षाले सुरुवातमै क्षति पु¥याएको हो । विगत तीन दिनदेखि झरी परिरहँदा चार कठ्ठा खेतमा भर्खरै सारेको गोलभेँडाको बेर्ना नष्ट पारेको किसानले बताएका छन् ।

धेरैजसो किसानले गोलभेँडाको बेर्ना सारिसकेका छन् । बेर्ना सार्ने बित्तिकै पानी परिरहेकाले बोट नै मरेको किसानले गुनासो गरेका छन् ।

सर्लाहीमा उत्तरी भेगको पत्थरकोट, हीरापुर, लालबन्दी, रानिगन्ज, घारिबथान, परवानिपुर, सासापुर, डाबरी, घुर्कौलीलगायत क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ ।

किसानले आफ्नै जग्गा र केही भाडाको जग्गा लिएर समेत गोलभेँडा रोप्ने गरेका छन् । अहिले बेलैमा सार्न नपाएको गोलभेँडा फल्न ढिलो भएर पछि हुस्सु र चिसोले फल्नै नदिने किसानको भनाई छ ।