लालबन्दी, २० भदौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश स्तरीय विस्तारित बैठक लालबन्दीमा बसिरहेको छ ।
पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवी लामिछानेको प्रमुख आतिथ्यतामा बैठक बसिरहेको पार्टीका नेताहरुले बताएका छन् । लालबन्दी पार्टी प्यालेसमा जारी बैठकमा सहभागी हुन मधेश प्रदेशका आठै जिल्लाबाट नेताहरु लालबन्दी आइपुगेका छन् ।
बैठकमा आगामी दिनमा मधेश प्रदेशमा पार्टीले अंगाल्ने रणनीति र संगठन विस्तारका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
सभापति लामिछानेलाई पार्टीका नेता कार्यकर्ताले आज बिहान र्यालीसहित नमस्ते होटलदेखि लालबन्दी पार्टी प्यालेससम्म लगेका थिए ।