logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मानव बेचबिखन विरुद्धको दिवसमा अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा, २० भदौ – सर्लाहीमा पनि आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८ औँ राष्ट्रिय दिवस मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा “तीनै तहका सरकारको प्रतिवद्धता ः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यवद्धता” भन्ने मूल नारासहित अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुख, नागरिक समाज, मानव बेचबिखनविरुद्ध काम गरिरहेका संस्थाका प्रतिनिधि, स्थानीय तहको महिला तथा बालबालिका शाखाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मलंगवाको महिला तथा बालबालिका शाखाकी इन्चार्ज एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरिता मचामसीले प्रहरीसँग रहेको जिल्लाभित्रको मानव बेचबिखन र त्यसको नियन्त्रणका लागि भइरहेको प्रयासबारे सहभागी सबैलाई प्रष्ट्याउने काम गरेकी छन् ।