logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

६२ औँ रेडक्रस दिवस मनाइयो


  • उज्यालो अभियान

बयलवास, १९ भदौ – सर्लाहीमा पनि आज ६२ औँ रेडक्रस दिवस मनाइएको छ ।

जिल्लामा गठित रेडक्रसको विभिन्न शाखा तथा उपशाखाले रेडक्रसका संस्थापक हेनरी ड्यूनाको सम्झनासहित उनको तस्बिरमा माल्र्यापण, अन्तरक्रियालगायतका कार्यक्रम गरेर दिवस मनाएका हुन् । सोही क्रममा रेडक्रस उपशाखा ईश्वरपुरका सभापति उत्तमराज शर्माको अध्यक्षतामा ईश्वरपुर नगरपालिका ७ मा रहेको रेडक्रसकै नवनिर्मित भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरक्रियाबाट चालू आर्थिक वर्षभित्रै उक्त नवनिर्मित भवनमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरेको कार्य समिति सदस्य प्रकाश मैनालीले जानकारी दिए । त्यस्तै रेडक्रसको हरिपुर उपशाखाले पनि रेडक्रस दिवस मनाएको छ ।

उपशाखा उपसभापति पुष्पा चौधरीको अध्यक्षतामा रेडक्रसका संस्थापकको तस्वीरमा माल्र्यापण गर्दै दिवस मनाइएको हो । लालबन्दी रेडक्रसले पनि रेडक्रसका संस्थापकको तस्बिरमा माल्यार्पण गर्दैै दिवस मनाएको सभापति ध्रुवप्रसाद घिमिरेले बताए ।