हरिवन, १९ भदौ – सर्लाहीका विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका निरीक्षक (ईन्स्पेक्टर) हरुको सरुवा भएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको प्रधान कार्यालय जाहेरी शाखामा सरुवा भएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय मोरङबाट ईन्स्पेक्टर किशोर तामाङ्ग आउने भएका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख ठाकुरप्रसाद सापकोटाको जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएको छ भने हरिपुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट रोमन राज अर्याललाई खटाईएको छ ।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मदन थापा नेपाल प्रहरी प्रदेश कार्यालय केन्द्रीय अनुसन्धान ईकाई बनेपा सरुवा भएका छन् भने थापाको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरो अन्वेषण योजना तथा विकास शाखाबाट रजोस घिमिरे आउने भएका छन् । ईलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रमुख रमेश कुमार तिमल्सिनाको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका छन् भने त्यहाँ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट उद्वव पोखरेललाई खटाईएको छ ।
यो पटक इलाका प्रहरी कार्यालय गहडीयामा पनि इन्स्पेक्टर खटाइएको छ । अहिले वरिष्ठ सई इन्चार्ज रहेका इलाका प्रहरी कार्यालय गडहीयाबाट इन्स्पेक्टर खटाइए पनि यहाँबाट मुद्दा भने चल्दैन ।
सुरक्षाको हिसाबले अतिसंवेदनशील मानिने क्षेत्र नं. ४ मा पर्ने इलाका प्रहरी कार्यालय गडहीयामा धेरै पहिले इन्स्पेक्टर खटाउने गरिएको थियो । अहिले काजमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेबाट इन्स्पेक्टर उज्वल कार्कीलाई गडहीया पठाइएको हो ।
त्यस्तै ईलाका प्रहरी कर्यालय बरहथवाका ईन्स्पेक्टर सुमन बानिया जिल्ला प्रहरी कार्यालय उदयपुर सरुवा भएका छन् भने त्यहाँ ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट दिवाकर गणेश आउने भएका छन् । ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरको प्रमुखको रुपमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट उमाकान्त जोशीको सरुवा भएको छ । ईप्रका केशरगंजका प्रमुख रहेकै अवस्थामा केही दिनअघि नायव उपरीक्षकमा बढुवा भएका मान प्रसाद श्रेष्ठले गत आईतबार मात्र अनिवार्य अवकाश पाएका छन् । सर्लाहीका सबै ईन्स्पेक्टरहरुको कार्यअवधी १ वर्ष भन्दा बढी भएकाले नियमित सरुवा भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयले गत सोमबार एकसाथ ५८७ जना ईन्स्पेक्टरहरुको सरुवा सूची प्रकाशित गरेको थियो ।