हरिवन, १८ भदौ – सर्लाहीको हरिवनमा सर्पले डसेर एक युवकको ज्यान गएको छ ।
हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर राना मगरको सर्पले डसेर ज्यान गएको हो । आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो ।
उनलाई सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । आलेलाई सोमबार राति १ बजेतिर सर्पको डसेको थाहा पाएपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।