logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पानीमा डुबेर एकको मृत्यु 


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपुर, १६ भदौ – सर्लाहीको हरिपुर नगरपालिका ४ हरैयामा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय अन्दाजी ५० वर्षका सुगरथ माझी घर नजिकै छिमेकीको पोखरीमा आज बिहान मृत फेला पर्नुभएको हो । माझीको शव स्थानीयले पोखरीबाट निकालेर घरमा ल्याएर राखेका छन् ।

इलाका प्रहरी कार्यालय हरिपुरबाट पुगेको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी गरेको छ ।

मृतक मृगीको रोगी रहेको बुझिएको छ ।