logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मन्त्री राय र प्रदेश सभा सदस्य कुशवाहा सम्मानित


  • उज्यालो अभियान

हरिवन, १५ भदौ – सर्लाहीको हरिवनमा हिजो मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय र मधेश प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहालाई सम्मान गरिएको छ ।

उनीहरु दुवै जना पूर्व शिक्षक हुन् । मन्त्री राय र प्रदेश सांसद कुशवाहालाई शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ हरिवन नगर समितिले चतुर्भूजेश्वर जनता माविमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

महासंघका हरिवन नगर अध्यक्ष पुष्कर बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा राय र कुशवाहालाई सम्मान पत्रसहित फूलमाला, अबिर र खादा पहिर्याएर सम्मान गरिएको छ ।