लालबन्दी, १४ भदौ – सर्लाहीमा डिभिजन वन कार्यालयको प्रमुख (डिएफओ) को रुपमा पुनः सन्तोषकुमार झा हाजिर भएका छन् ।
उनी यसअघि सर्लाहीबाटै महोत्तरी डिभिजन वन कार्यालयमा सरुवा भएर गएका थिए । झा फेरि सर्लाहीको डिभिजन वन प्रमुख भएर आएका हुन् ।
अहिलेका डिभिजन वन प्रमुख मन्जुर अहमदको डिभिजन वन कार्यालय पर्सामा सरुवा भएको छ ।
डिभिजन वन कार्यालयमा आज नयाँ प्रमुख झाको स्वागत तथा यहाँबाट पर्सा सरुवा भएका मन्जुरको बिदाई गरिएको छ ।