फाइल तस्बीर ।
कालिन्जोर, १२ भदौ – “बिहेवारी महिला होस या पुरुष दुवैको २० वर्ष पारी” भन्ने नारासहित सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानमा आज सडक नाटक प्रदर्शन गरिएको छ ।
नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा विद्यालयका विद्यार्थीलाई सहभागी गराई चेतनामूलक सडक नाटक देखाइएको हो । ग्रामीण नारी उत्थान संघले सेभ द चिडे«नको सहयोगमा बालविवाह, कम उमेरमा हुने विवाह तथा जवरजस्ती रुपमा हुने विवाह अन्त्यका लागि सचेतनामूलक सडक नाटक देखाइएको जनाएको छ ।
यस प्रकारको नाटक नगरभित्रका अन्य विद्यालयहरुमा पनि देखाइने आयोजक संस्था ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।