लालबन्दी, १२ भदौ – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सर्लाहीको १८ औँ जिल्ला सम्मेलन नेतृत्व छान्न नसकी टुंगिएको छ ।
अखिलको जिल्ला सम्मेलन आज लालबन्दीमा अयोजना गरिएको थियो । सम्मेलनको हलबाट नयाँ नेतृत्व छान्न नसकिएपछि नेता अच्यूतम काफ्लेको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।
सो अध्यक्ष मण्डलले एक साताभित्र निर्वाचनमार्फत नेतृत्व छान्ने बताइएको छ । अखिल क्रान्तिकारी सर्लाहीको अध्यक्षमा प्रेमराज दाहाल र सहबुल सेखले दावी गरेका छन् ।
अखिल क्रान्तिकारी सर्लाहीमा अहिले चर्को विवाद छ । त्यसैले पनि सहज रुपमा नेतृत्व चयन हुन सकेन ।
एउटा गुटले केही दिनअघि नै नवलपुरमा जिल्ला सम्मेलन गरेको थियो । तर, आजको आधिकारिक जिल्ला सम्मेलनमा नवलपुरमा सम्पन्न भएको भनिएको सम्मेलनका सहभागी नेताहरु पनि उप थए ।
आज अखिल क्रान्तिकारी सर्लाहीका अध्यक्ष रन्जित सहनीको अध्यक्षता तथा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला सम्मेलनमा नेताहरु विश्वनाथ साह, रमेश बुढाथोकी (कमल) प्रभाकर गुप्ता, पुजन सिंह, सन्जय महतो, शिवराज धमला, विवेक मैनालीलगायतको आतिथ्यता रहेको थियो ।