पत्थरकोट, ११ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–११, सेतीभीरमा रहेको जनता प्राथमिक विद्यालय र त्यहाँ अध्ययनरत् विद्यार्थीलाई सहयोग प्राप्त भएको छ ।
विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई गोल्डेन फ्यूचर आवासीय विद्यालय लालबन्दी ९ का सञ्चालक गोपाल कार्की र रीता कार्कीले टाइ, बेल्ट र आइडी कार्ड प्रदान गरेका छन् ।
त्यस्तै लालबन्दी ७ स्थित बजारमा रहेको सर्लाही टिभी घरका सञ्चालक सुवास दाहालले विद्यालयलाई तीन थान पङ्खा उपलब्ध गराएका विद्यालयकी प्रधानाध्यापक मीना खड्काले जानकारी दिईन् ।