logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

श्रीकृष्ण जन्माष्टमीलाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइयो


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०९ भदौ – भोली मनाउन लागिएको श्रीकृष्ण जन्माष्टमीलाई लक्षित गरी सर्लाही प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

पर्व मनाउनेक्रममा कुनै पनि प्रकारको विवाद सिर्जना हुन नदिन जिल्लाका सुरक्षा निकाय सजग भएका हुन् । अघिल्ला वर्षहरुमा विवाद तथा झडपका घटना भएका ठाउँलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । उनले आज साँझ उज्यालोसँगको कुराकानीमा कहिँकतै कुनै प्रकारको असहज परिस्थिति सिर्जना नहोस् भनी जिल्लास्थित राजनीतिक दलका नेता र फरक समुदायका अगुवासँग सम्पर्क तथा समन्वय भइरहेको सुनाए ।

सुरक्षा व्यवस्था चुस्त पार्न भोली सदरमुकाम मलङ्गवासहित विवाद हुनसक्ने आँकलन गरिएका ठाउँहरुमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सर्लाहीका विभिन्न स्थानमा ¥याली निकाल्ने तयारी भइरहेको स्थानीयले बताएका छन् । ¥याली निकाल्नेक्रममा विवाद हुने भएकाले जुनजुन ठाउँमा र्यालीका कार्यक्रम हुन्छन, त्यस ठाउँमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

ेजिल्लाका सुरक्षा निकायले पर्व मनाउनेक्रममा सामाजिक सद्भाव कायम राख्न अपिल समेत गरेका छन् ।