logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सखुवनी घटना : मृतक किशोरको शव घटनास्थलमै, परिवारले मागे क्रसरसँग क्षतिपूर्ति


  • उज्यालो अभियान

किशोरको डुबेर मृत्यु भएको क्रसर उद्योगले बनाएको खाल्डो । (तस्बीर : उज्यालो अभियान)

बयलवास, ०८ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा आज मध्यान्ह क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर मृत्यु भएका किशोरको शव घटनास्थलबाट उठ्न सकेको छैन् ।

मृतक किशोरका परिवार आएर क्रसरको लापरवाहीले ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेपछि शव पोष्टमार्टमका लागि मलंगवा पठाउन नसकिएको हो । यसबारेमा अहिले इलाका प्रहरी कार्यालय केशरगन्जमा छलफल चलिरहेको छ ।

ईश्वरपुर नगरपालिका–४, सागरनाथ बस्ने जितबहादुर थापा मगरका छोरा १७ वर्षीय निशान्त थापा मगरको क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।